ईयूले दक्षिण एशियामा बाढी पीडितका लागि १६ लाख ५० हजार यूरो सहयोग गर्ने

एजेन्सी । यूरोपियन युनियन (ईयू) ले दक्षिण एसियामा बाढी पीडितलाई सहयोग पु¥याउनका लागि १६ लाख ५० हजार यूरो प्रदान गर्ने बताएको छ । मानवीय सहयोगका लागि प्रयोग हुने उक्त रकम खासगरी नेपाल, बङ्गलादेश र भारतमा प्रयोग हुने ईयूले जनाएको छ ।
इयूले मेमा भारत र बंगलादेशलाई तहसनहस पार्ने चक्रवात एम्फान लगायतका प्रकोपबाट प्रभावित परिवारहरूलाई सहयोग पु¥याउन यस बर्षको शुरुमा घोषणा गरिएको १८ लाख यूरोसहित इयूले दक्षिण एशियाली राष्ट्रका प्रकोप पीडितलाई कूल ३४ लाख ५० हजार यूरो उपलब्ध गराएको छ ।
विज्ञप्तिमा दक्षिण एशियामा यसवर्ष बाढीले करिब १ एक करोड ७५ लाख व्यक्तिलाई घरविहीन बनाएको छ भने उनीहरूले ठूलो मात्रामा चौपाया तथा खेतीजन्य भूमिको विनास गरेको छ । बाढी तथा आँधीका कारण सडक, अस्पताल र विद्यालयलगायत महत्वपूर्ण पूर्वाधारहरूमा पनि व्यापक क्षति पुगेको छ ।
“दक्षिण एशियामा मनसुनको वर्षा यस वर्ष विशेष गरी विनाशकारी भएको छ र यो अत्यावश्यक योगदानले हाम्रा साझेदार मुलुकमा आश्रय, सम्पत्ति र जीविकाको स्रोत गुमाएकाहरूलाई महत्वपूर्ण मानवीयस हयोग पु¥याउने विश्वास ईयूले लिएको छ,” एशिया तथा प्रशान्त क्षेत्रका लागि ईयू पर्यवेक्षक ताहीनी थम्मनगोदाले भने ।
“सबैभन्दा बढी प्रभावित देशहरूमा ध्यान केन्द्रित गर्दै, हामी मानिसहरूलाई यस कठिन समयबाट बाँच्नका लागि साधनहरू प्रदान गर्दैछौं ताकि उनीहरू सकेसम्म चाँडो आत्म निर्भर बन्न सकून्,” ताहीनी थम्मनगोदाले भने ।
कूल रकममध्ये १० लाख यूरो बङ्गलादेशमा अत्यावश्यक मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्न समर्पित हुनेछ, जहाँ २० लाखभन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोग, पानी, सरसफाइ, र आपतकालिन आश्रय चाहिएको छ ।
भारतमा खाद्यान्न तथा अन्य मानवीय सहायताका लागि अर्को पाँच लाख प्रयोग गरिनेछ । “प्राकृतिक प्रकोपबाट प्रभावित नेपाललाई खानेपानी तथा सरसफाई, आश्रयस्थल र अत्यावश्यक आधारभूत वस्तुहरूको आवश्यकताको समाधान गर्न प्रयोग गर्न १५ लाख यूरो प्रदान गरिने पनि उनले बताए । यूरोपले प्राकृतिक प्रकोपबाट एक लाखभन्दा बढी प्रभावित हुने मुलुकमा मानवीय सहयोगका उक्त शीर्षक अन्तर्गत सहयोग गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?
-
मकवानपुर महिला गोल्डकप : चितवन सेमिफाइनलमा
-
मुख्यमन्त्री शाह र भारतीय अधिकारीबिच ऊर्जा क्षेत्रको विकासबारे छलफल
-
हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू