सप्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
मङ्गलबार, २७ साउन २०७७, २२ : ५५
सप्तरी । सप्तरीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मङ्गलबार राती डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका ६ बस्ने ८० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा पुर्याउने क्रममा ती वृद्धको मृत्यु भएको कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए । ४ दिन पहिले ज्वरो आएपछि चिकित्सककहाँ उपचार गराउन आएका ती पुरुषको परीक्षणका लागि स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजिटिभ आएको थियो ।
संक्रमितलाई एम्बुलेन्समा आइसोलेसन लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रमुख यादवले बताए । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण