भारतबाट आएका नेपाली चढेको बस डोटीमा दुर्घटना, तीन जनाको मृत्यु
बुधबार, २८ साउन २०७७, ०९ : ४०
डोटी । डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भारतबाट आएका नेपालीलाई गौरीफेन्टा नाकाबाट अछाम लाने क्रममा डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलटमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको ट्राफिक कार्यालय अत्तरियाका प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । बसमा सवार ३२ जना मध्ये ३ जनाको मृत्यु भएको र २९ जना घाइते भएको उनले बताए ।
घाइते सबैलाई जिल्ला अस्पताल डोटीमा पठाएको उनले बताए । ६ जना गम्भीर छन् भने अन्य घाइते सामान्य नै रहेको उनको भनाइ छ । मृतक ३ जनाको सनाखत भइ नसकेको उपरीक्षक श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण