सिटी एक्सप्रेस र इन्ज्याज साउदीद्वारा ‘हरेक कारोबारमा आकर्षक उपहार’ योजनाका ६ जनाले जिते हवाई टिकेट
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदी स्थित सेवाग्राहीहरुलाई लक्षित गर्दै साउदीकै एन्जाज बैंक अल बिल्याडसँगको सहकार्यमा ल्याएको ‘हरेक कारोबारमा आकर्षक उपहार’ योजनाका विजेता घोषणा गरेको छ । सो योजना जनवरी ३० देखी अप्रिल ३० (३ महिना)सम्म चलेको थियो ।
जसअन्तर्गत योजना अवधि भर ४५ जना विजेताहरुले सिटी म्याक्स सपिङ भाउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली विजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा रहेको थियो । सोही योजनाअनुरुप साउदीमा कार्यरत विकास थडराई, गोविन्द नेपाली, पूर्णबहादुर रिमाल, होम राज सापकोटा र किस्मत सार्किले बम्पर उपहार स्वरुपहवाई टिकट जित्न सफलभएका छन् । यस कोभिड–१९ महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले दुई हजार साउदी रियाल प्राप्त गरेका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचानबनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रलिया, आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरीक विप्रेषण अन्तरर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेको ८५०० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण