भारतीय जाली नोट कारोबारीका नाइके इल्ताफ हुसेन पक्राउ

काठमाडौं – सुन्धारामा प्रहरीले फलो गरेपछि ‘सुन’ र पेस्तोलको झोला छाडेर भागेका इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अन्सारीलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको निजगढबाट पक्राउ गरेको हो ।
साउन १३ मा सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलको झोला छाडेर भागेपछि अन्सरीलााई प्रहरीले खोजिरहेको थियो ।
सुन्धारामा अन्सारीले चलाएको स्कोर्पियोबाट झरेका निलेश सखियाको साथबाट प्रहरीले साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुईथान पेस्तोल बरामद गरेको थियो । सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कोर्पियो छाडेर ईल्ताफ भागेका थिए ।
बारा घर भएका इल्ताफ भारतीय जाली नोट कारोबारीका नाइके पनि हुन् । जिल्ला अदालत ललितपुरले ०६७ जेठ २६ मा ईल्ताफलाई ३ बर्ष कैद र २ करोड ६१ लाख जरिवाना हुने फैसला गरेको थियो । फैसलाको पाँच बर्षपछि ०७२ जेठ ३० मा उनी सातदोबाटोबाट पक्राउ परेका थिए ।
जेलबाट छुटेपछि उनी सुन तस्करीमा सिफ्ट भएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोङ्गबुको नेशनल मोडल स्कुलमा मध्यराति डोजर, जाहेरी लिन प्रहरीको आनाकानी
-
मार्स र मार्क्रमको अर्धशतक, हैदराबादसामु २ सय ६ रनको लक्ष्य
-
घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु
-
ट्राफिक प्रहरी प्रमुख विरूद्धको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश
-
पत्रकार हत्या र मिडियामाथिको आक्रमणका विषयमा उच्चस्तरीय स्वतन्त्र छानबिन गर्न माग
-
योगेशको विकल्पमा मञ्जु : समस्या सल्टियो कि बल्झियो ?