अमेरिकाको प्रतिष्ठित सञ्चारगृह ट्रिब्युनले ५ वटा समाचार कक्ष बन्द गर्ने
वासिङ्टन । अमेरिकी पत्रकारितामा निकै प्रतिष्ठित प्रकाशन गृह ट्रिब्युन पब्लिसिङ कम्पनीले आफ्ना पाँचवटा प्रकाशन बन्द गर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार न्यूयोर्कको डेली न्यूज र अन्नापोलिसको दी क्यापिटल गजेट समेत पाँचवटा अखबारको प्रकाशन बन्द हुनेछ ।
तर कोरोनाभाइरसका कारण घरबाटै काम गरिरहेका भन्दै फ्लोरिडाको ओर्लान्डो सेन्टिनेल, पेन्सिलभेनियाका दी मर्निङ कल र मेरिल्यान्डको क्यारोल काउन्टी टाइम्सको प्रकाशन भने यथावत रहने छ । यी अखबारका कामदारलाई कम्तीमा जनवरी २०२१ सम्म घरबाटै काम गर्न भनिएको छ । सिकागो मुख्यालय रहेको कम्पनीका प्रवक्ता म्याक्स राइन्स्डोर्फले परिस्थितिमा सुधार आएमा सोही बमोजिम निर्णय हुने जानकारी दिए ।
कुनै समय देशकै सर्वाधिक बढी बिक्री हुने डेली न्यूज अखबारमा केही वर्षदेखि नै आर्थिक संकट देखापरेको थियो । पछि यो अखबार ट्रिब्युन पब्लिसिङ कम्पनीलाई सन् २०१७ मा अखबारका संस्थापक मोर्टिमर जुकरम्यानले बिक्री गरेका थिए । ट्रिब्युनले डेली न्यूज खरिद गरेसँगै आधा कर्मचारी कटौती गरिदिएको थियो ।
यस अखबारको न्यूयोर्क प्लाजामा रहेका कार्यालयहरु बुधबारदेखि औपचारिक रुपमा बन्द हुँदैछन् । कर्मचारीलाई आफूसँग रहेका सबै सामान कम्पनीलाई हस्तान्तरण गर्न अक्टोबर ३० सम्मको समयावधि दिइएको छ । ट्रिब्युनले हाल सिकागो ट्रिब्युन, दी बाल्टिमोर सन, भर्जिनियाको डेली प्रेस र दी भर्जिनियन–पाइलट तथा हार्टफोर्ड कुरान्ट प्रकाशन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण