कामना सेवा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघबीच प्रोफेशनल कर्जाका लागि सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ(एक्यान)बीच ए क्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामा प्रोफेशनल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।
द्विपक्षीय समझदारीमा एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको सबै शाखाबाट एकै दिनमा बिना धितोमा रु १५ लाख सम्मको प्रोफेशनल कर्र्जा प्रदान गरिने जनाइएको छ ।
सम्झौता पछि धितो नभएर आफ्ना व्यक्तिगत आवश्यकताहरु पुरा गर्नको लागि बैंङ्किङ सुविधा (कर्जा) लिनबाट बञ्चित व्यक्तिहरुलाई कर्जा लिन सहज हुने कुरामा आफु विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए ।
साथै, एक्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए ।
समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ. तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले कामना सेवाविकास बैंकको केन्द्रियकार्यलयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण