अफगानिस्तानमा बम विस्फोट, ४ सर्वसाधारणको मृत्यु, ६ जना घाइते
एजेन्सी । अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको छ भने अरु छ जना घाइते भएका छन् । सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो ।
अफगानिस्तानको टोलो न्युजले सो समाचार दिएको छ । कान्दाहारको पन्जावी जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो । सो बम अफगानिस्तानका तालिबानहरुले राखेको अनुमान गरिएको छ । तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकोले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको छ ।
तर यो विस्फोटको जिम्मेवारी भने कसैले लिएको छैन । यसअघि पनि यही अगष्ट ९ मा सोही स्थानमा भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
-
इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प
-
शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित
-
महावाणिज्य दूतावासको आयोजनामा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया
-
समाजवादी मोर्चा गठन दुई वर्ष पूरा, औचित्यमाथि प्रश्न
-
चिडियाखानामा चोरको हातबाट फुत्किएका दुर्लभ रेडपाण्डाको मृत्यु