शुक्रबार रातिदेखि भदौ १५ सम्म काठमाडौंमा यी काम गर्न नपाइने
शुक्रबार, ३० साउन २०७७, १९ : ०९

काठमाडौ । काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा कोभिड १९ संक्रमण बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढी कामकारवाही र व्यवसाय गर्न निषेध गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार आदेश जारी विभिन्न निषेधित गरिएका गतिविधिहरु सार्वजनिक गरेका छन् ।
‘खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन । भीडभाड सभा र जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि बन्द गर्नुपर्नेछ’ जारी आदेशमा भनिएको छ । त्यसैगरी स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको दाहालले जारी गरेको सूचनामा उल्लेख छ । यो नियम साउन ३० गते राति १२ बजेबाट भदौ १५ गतेसम्म लागू हुनेछ ।
यस्ता छन् निषेध गरिएका गतिविधिहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने