ओली–मोदीबीच फोन संवाद
शनिबार, ३१ साउन २०७७, १४ : २९
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना तथा बधाई दिएका छन् ।
प्रधानमन्त्री ओली आज प्रधानमन्त्री मोदीलाई फोन गरी बधाई तथा शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री अोली र प्रधानमन्त्री मोदी बीच टेलिफोन संवाद भएको बताएका छन् । दुईजनाको बीचमा अन्य के कुरा भयो त्यसको बारेमा परराष्ट्र मन्त्रालयबाट जानकारी आउने पनि उनले बताए ।
सीमा विवादलगायतका विषयमा भारतसँग दुरी बढिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसर पारेर फोन संवाद गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण