ओली–मोदीबीच फोन संवाद
शनिबार, ३१ साउन २०७७, १४ : २९
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना तथा बधाई दिएका छन् ।
प्रधानमन्त्री ओली आज प्रधानमन्त्री मोदीलाई फोन गरी बधाई तथा शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री अोली र प्रधानमन्त्री मोदी बीच टेलिफोन संवाद भएको बताएका छन् । दुईजनाको बीचमा अन्य के कुरा भयो त्यसको बारेमा परराष्ट्र मन्त्रालयबाट जानकारी आउने पनि उनले बताए ।
सीमा विवादलगायतका विषयमा भारतसँग दुरी बढिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसर पारेर फोन संवाद गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने
-
आईपीएल क्रिकेट : को हुन् हैदराबादको हौसला बढाउने यी सुन्दरी ?
-
‘सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको अडान’
-
यस्तो छ ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’
-
प्रतिनिधिसभा बैठक आज नबस्ने, सूचना टाँस गरी स्थगित
-
तस्बिरमा हेर्नुहोस् ‘सवारी कथाहरू’