महेन्द्रसिंह धोनीद्वारा सन्यास लिने घोषणा
शनिबार, ३१ साउन २०७७, २३ : ३८
एजेन्सी । भारतीय क्रिकेट जगतका सफल कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । धोनीले इन्स्टाग्राममार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।
धोनीले शनिबार आफ्नो इन्स्टाग्राममा लेखेका छन्– ‘तपाईंहरुको प्रेम र सहयोगका लागि धन्यवाद, साँझ ७ः२९ बाट म रिटार्यड हुँदैछु ।’ योसँगै भारतीय क्रिकेट जगतमा पछिल्ला १५–१६ वर्षयता एकछत्र चल्दै आएको धोनीको चामत्कारिक युगको अन्त भएको छ । यद्यपि, सन्यास लिने घोषणा गरेपनि उनी एकपटक फेरि आइपीएलमा चेन्नई सुपर किंग्सको रुपमा मैदानमा भने उत्रिनेछन् ।
उनी भारतीय क्रिकेट जगतमा सबैभन्दा सफल कप्तान हुन् । विश्व क्रिकेटमा पनि धोनी एक मात्र यस्ता कप्तान हुन्, जसले आइसीसीका तीनै ठुला ट्रफीहरु हात पार्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच बैठक जारी
-
आज कोशीमा मन्त्रिपरिषद् बिस्तार गरिने, अर्थको टुङ्गो अझै लागेन
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ