महेन्द्रसिंह धोनीद्वारा सन्यास लिने घोषणा
शनिबार, ३१ साउन २०७७, २३ : ३८
एजेन्सी । भारतीय क्रिकेट जगतका सफल कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । धोनीले इन्स्टाग्राममार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।
धोनीले शनिबार आफ्नो इन्स्टाग्राममा लेखेका छन्– ‘तपाईंहरुको प्रेम र सहयोगका लागि धन्यवाद, साँझ ७ः२९ बाट म रिटार्यड हुँदैछु ।’ योसँगै भारतीय क्रिकेट जगतमा पछिल्ला १५–१६ वर्षयता एकछत्र चल्दै आएको धोनीको चामत्कारिक युगको अन्त भएको छ । यद्यपि, सन्यास लिने घोषणा गरेपनि उनी एकपटक फेरि आइपीएलमा चेन्नई सुपर किंग्सको रुपमा मैदानमा भने उत्रिनेछन् ।
उनी भारतीय क्रिकेट जगतमा सबैभन्दा सफल कप्तान हुन् । विश्व क्रिकेटमा पनि धोनी एक मात्र यस्ता कप्तान हुन्, जसले आइसीसीका तीनै ठुला ट्रफीहरु हात पार्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण