शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खुकुरी थ्री एक्स रमले जित्यो ‘लण्डन स्पिरिट्स प्रतियोगिता २०२०’मा स्वर्ण पदक

सोमबार, ०१ भदौ २०७७, १९ : ५८
सोमबार, ०१ भदौ २०७७

काठमाडौं । नेपाल डिष्टिलरीद्वारा उत्पादित ख्याति प्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत रम समूहमा ९४ अंक हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको छ ।

यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय रम उत्सवमा जितेको पुरस्कारसँगै अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको यो एक अर्को पुरस्कार हो ।

लण्डन स्पिरिट्स प्रतियोगिताको आयोजना २०२० जुलाई ६ तारिखमा लण्डनमा गरिएको थियो र सोही प्रतियोगितामा नेपाल डिष्टिलरीज् प्रा.लि. खुकुरी थ्री एक्स रमको लागि स्वर्ण पदकद्वारा पुरस्कृत भएको थियो । 

प्रतियोगिताअन्तर्गतका ३ विधाहरु गुणस्तर, गुणवत्ता र प्याकेजिङ्गका दृष्टिकोणमा मदिरा उद्योगका ख्याति प्राप्त दक्ष निर्णायकहरुले अन्य उच्च कोटीका प्रतिस्पर्धी रमहरुको दाँजोमा यो नेपाली रमलाई १०० मध्ये कूल ९४ सर्वोत्कृष्ट अंक प्रदान गरेर खुकुरी रम विश्वव्यापी रुपमा मान्यता प्राप्त रम भएको छाप लगाइदिएका छन् ।

नेपाल डिस्टिलरीज्का कार्यकारी प्रमुख कृष्ण कुमार चुरिवालाले भने, ‘नेपाल डिष्टिलरीज्ले सन् १९५९ देखि नै आफ्नो सम्पदालाई कडा गुणवत्ता नीतिहरुका साथ बहन गर्दै आएको छ, र अहिले यो तेस्रो पुस्तामा आइपुगेको छ । यो मजबुत जगले हामीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन अग्रसर गराएको छ । हामी नेपालमा बनेको वास्तविक नेपाली ब्राण्डको रुपमा यो पुरस्कार ग्रहण गनृ पाउँदा अत्यन्त गौरवान्वीत भएका छौं ।’

सुप्रसिद्ध मिक्सोलोजिस्टहरु, विशेषज्ञहरु र उत्पादकरुबाट अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त गर्नुले हिमाली राज्यबाट विश्वव्यापी रुपमा सबैका लागि उत्कृष्ट मदिराहरु बनाउने कला र उत्कटता प्रतिको प्रतिबद्धतालाई अझ बल पु¥याएको कम्पनीले बताएको छ । खुकुरी रम बेलायत,अमेरिकालगायत १३ मुलुकहरुमा निर्यात हुँदै आएको छ ।

लण्डन स्पिरिट्स प्रतियोगिता यस किसिमको एकमात्र त्यस्तो प्रतियोगिता हो जसमा मदिराहरुको मुल्याङ्कन त्यसको गुणस्तर, गुणवत्ता र प्रस्तुती÷प्याकेजिङ्गको आधारमा गर्ने गरिन्छ । यस प्रतियोगिताको आयोजक वेभरेज ट्रेड नेटवर्क हो, जसले विश्वभर औद्योगीक कार्यक्रमहरुको आयोजना गर्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप