डल्लु अपहरण प्रकरण : इमाडोलबाट पाँच अपहरणकारी पक्राउ
काठमाडौँ । एक व्यक्तिलाई अपहरण गरेको आरोपमा ललितपुरको इमाडोलबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति ९ बजे अपहरणमा परेको भन्दै प्रहरीलाई सूचना पुगेको थियो ।
काठमाडौँको डल्लुबाट कैलाली टिकापुरको किसन डगौरा अपहरणमा परेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा फोन गरेर एक व्यक्तिले सूचना दिएका थिए । प्रहरीलाई सूचना दिने व्यक्ति थिए वीरबहादुर थापा । लगत्तै किसन डगौराको उद्धारका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), ललितपुर प्रहरी, काठमाडौँ प्रहरी र अपराध महाशाखा परिचालन भएको थियो ।
प्रहरी टोलीले वीर बहादुर थापाले प्रयोग भएको मोबाइलको लोकेशन हेर्दा सुरुमा ललितपुरको हरिसिद्धी देखिएको थियो । सोही अनुसार त्यहाँ प्रहरी परिचालन भयो । पछि डगौराले प्रयोग गर्ने फोनेको मोबाइल लोकेशन हेर्दा ललितपुरको इमाडोल देखिएको प्रहरीले जनाएको छ ।
सीआईबी र ललितपुर प्रहरीले संयुक्त रुपमा अपरेशन गर्दा एउटा कारसहित ललितपुरको इमाडोलस्थित कृष्णमन्दिरबाट पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कैलाली टीकापुरका वर्ष ३३ को निर्प सोडारी, ललितपुर टीकाथलीका नाम नखुलेको ४८ वर्षका एक व्यक्ति, टीकाथलीकै वर्ष २० का सम्राट रावल, बाराका वर्ष २७ को नविन खड्का, आछामका वर्ष ३८ को गणेश बहादुर साउद रहेका छन् ।
यस्तै कैलाली टीकापुर वर्ष ४१ का किसन डगौरालाई पनि सुरक्षाको लागि प्रहरीले नियन्त्रणमा लिएर अपहरण गर्नुको कारणबारे सोधपुछ गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशील यादवले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुबीच लेनदेन भएको कारण अपहरण गरेको खुल्न आएको प्रहरीले बताएको छ । किसन र निर्प सोडारीबीच आर्थिक लेनदेन रहेको प्रहरीले जनाएको छ । उनीहरु एउटै जिल्लवासी समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण