निषेधाज्ञा तोड्दै गुडेको गाडीले ठक्कर दिँदा प्रहरी जवान र हवल्दारको मृत्यु
पोखरा । पोखरामा गस्तीमा खटिएका प्रहरी टोलीलाई बोलेरोले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरी जवान चन्द्रबहादुर बगाले मगर र हवल्दार डम्बरबहादुर थारुको मृत्यु भएको हो । प्रहरी जवान बगालेले चलाएको मोटरसाइकललाई पछाडिबाट आएको बोलेरो जिपले ठक्कर दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार राती १२ बजेदेखि लागू हुने गरि मंगलबार निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै गुडेको बोलेरोले मंगलबार राती १ बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
विन्ध्यवासिनबाट जिरो किलोमिटर झर्दै गरेको मोटरसाइकललाई मालेपाटनमा बोलेरोले ठक्कर दिएको थियो । डिएसपी हमालकाअनुसार ग २ च २६२६ नम्बरको बोलेरोले ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट प्रहरी जवान बगालेको गएराति नै मृत्यु भएको थियो भने गम्भिर घाइते बनेका हवल्दार थारुको पनि मृत्यु भएको छ । दुर्घटनापछि घाईते भएका दुवै जनालाई उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । बोलेरो चालक धादिङ घर भई पोखरा महानगरपालिका ५ पस्र्याङ बस्ने विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटना घट्नुको कारणबारे थप अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण