विश्वभर कोरोनाबाट सङ्क्रमितको संख्या २ करोड २० लाख पुग्यो
मेरील्याण्ड । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या दुई करोड २० लाख पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी अहिलेसम्म दुई करोड १९ लाख ८७ हजार २०७ जना सङ्क्रमित भएका छन् ।
कुल सङ्क्रमितमध्ये सात लाख ७७ हजार १८ जनाको मृत्यु भइसकेको विश्वविद्यालयले जनाएको छ । सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म ५४ लाख ८० हजार ४८७ जना संक्रमित भएका छन् भने एक लाख ७१ हजार ६३६ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि दोस्रो धेरै प्रभावित ब्राजिलमा अहिलेसम्म कुल ३३ लाख ५९ हजार ५७० जना सङ्क्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ५३६ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । विश्वभरी दैनिक सङ्क्रमितको संख्या बढ्दै गएको छ भने मृत्यु हुनेहरुको संख्या पनि बृद्धि हुँदै गएको छ ।
दक्षिण एसियामा भारतमा सबैभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । पछिल्लो विवरण अनुसार भारतमा करिब २७ लाख ६९ हजार संक्रमित भएका र तीमध्ये ५३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण