भक्तपुरमा निषेधाज्ञा : सडकमै होल्डिङ सेन्टर, नाकामा कडाई, तस्बिरमा हेर्नुहोस्
भक्तपुर । आजबाट भदौ १० गतेसम्म लागू हुने निषेधाज्ञाको पहिलो दिन भक्तपुरका मुख्य र सहायक सडक प्रायः सुनसान देखिएका छन् । कोरोना संक्रमण भयावह हुन थालेपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लागू भएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानी र बिक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्यु संस्कार, सुरक्षा निकायलगायत अत्यावश्यक बाहेकका सबै क्षेत्र एकसाता बन्द गर्ने निर्णय मङ्गलबार गरेको थियो । सडकमा अत्यावाश्यक सवारी साधनबाहेक अन्य सवारी साधन गुडेका छैनन् ।

सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा मात्रै देखिएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेर फाट्फुट्ट यात्रा गर्नेहरुलाई पनि सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखे छ । भक्तपुरका साँगा, जगाती, कमलविनायक, च्यामासिंह, गठ्ठाघर, भत्केको पाटीलगायतका स्थानमा होल्डिग सेन्टर सडकै डोरी बाँधेर बनाइएको देख्न सकिन्छ ।
हामीले यो समाचार तयार पर्दासम्म भक्तपुरमा पुरुष २ सय ३७, महिला ४३ जनालाई होल्डिङ्ग सेन्टरमा राखेर छोडिएको छ । अनावश्यक सडकमा हिँड्नेलाई कम्तीमा दुई घण्टनसम्म सडकमा नै रहेको होल्डिग सेन्टर राखिदैं आइएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकल १ सय १२, चार पाङ्ग्रे सवारी ३ गरेर १ सय १५ वटा सवारीलाई होल्डिङ्ग गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले रातोपाटीलाई जानकारी दिएका छन् ।

नाकामा कडाई, सुरक्षाकर्मीको बाक्लो उपस्थिति
भक्तपुरका भित्रिने मुख्य नाकाहरुमा बाक्लो रुपमा नेपाल प्रहरी र सस्शत्र प्रहरी परिचालन गरिएको छ । मुख्य बजार सर्वसाधरणको बाक्लो उपस्थिति हुने चोकहरुमा समेत सुरक्षाकर्मीको संख्या उल्लेख रुपमा देखिन्छ । पूर्वी जिल्लाहरुबाट उपत्यका भित्रिने मुख्य नाका साँगामा कडाई गरिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।
डीएसपी जोशीका अनुसार जिल्ला प्रशासनको निर्णयअनुसार अत्यावश्यक सेवा बाहेक बहानबाजी गरेर राजधानी भित्रन खोज्नेलाई साँगाबाट फर्काइएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण