क्रिकेट खेलाडीको कोरोना बीमा गरिने
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीको कोरोना बीमा गर्न लागेको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने तयारी गरिरहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । “अवस्था हेरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गर्ने योजना छ”, उनले भने, “हाललाई पुरुष खेलाडीको कोरोना बीमा गर्छौँ ।” सिनियर पुरुष टोलीको खेलाडीको कोरोना बीमा गर्ने क्यानको योजना छ ।
अग्रभागमा काम गर्ने कर्मचारीको समेत क्यानले कोरोना बीमा गर्ने जनाएको छ । “सरकारको निषेधाज्ञाको घोषणाले बीमा गर्न ढिलाइ हुन्छ”, प्याकुरेलले भने । क्यानले खेलाडी, खेल मैदानका कर्मचारी, कार्यालयका कर्मचारी, फिजियोलगायतको कोरोना बीमाको प्रक्रिया अगाडि बढाएको छ । कोरोनाका कारण क्रिकेट खेलाडी लामो समयदेखि प्रशिक्षणबाट वञ्चित छन् । यही भदौ १ गतेदेखि थाल्ने भनिएको प्रशिक्षण सरकारको निर्देशनपछि हाललाई स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण