उपत्यकामा कार्यरत ३६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि
शुक्रबार, ०५ भदौ २०७७, १५ : ४५
काठमाडौँ । काठमाडौँ उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको उनीहरुको शुक्रबार आएको रिपोर्टमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
भक्तपुरको दुवाकोटस्थित नम्बर – ११ गुह्वेश्वरी गणमा कार्यरत २० जनामा र कीर्तिपुरस्थित नम्बर १८ – निलबाराही गणमा कार्यरत १६ जनामा कोरोना पोजेटिभ देखिएको सशस्त्रका प्रवक्ता राजु अर्यालले बताए ।
प्रवक्ता अर्यालका अनुसार उनीहरुको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै सशस्त्र प्रहरी बलका ३ सय ७८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १ सय ५४ जना निको भएको प्रवक्ता अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण