उपत्यकामा कार्यरत ३६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि
शुक्रबार, ०५ भदौ २०७७, १५ : ४५

काठमाडौँ । काठमाडौँ उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको उनीहरुको शुक्रबार आएको रिपोर्टमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
भक्तपुरको दुवाकोटस्थित नम्बर – ११ गुह्वेश्वरी गणमा कार्यरत २० जनामा र कीर्तिपुरस्थित नम्बर १८ – निलबाराही गणमा कार्यरत १६ जनामा कोरोना पोजेटिभ देखिएको सशस्त्रका प्रवक्ता राजु अर्यालले बताए ।
प्रवक्ता अर्यालका अनुसार उनीहरुको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै सशस्त्र प्रहरी बलका ३ सय ७८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १ सय ५४ जना निको भएको प्रवक्ता अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै सूर्योदय
-
भिजिट भिसा अहिलेको मात्र समस्या होइन: अध्यक्ष प्रचण्ड
-
ट्राफिक प्रहरीले साबेल समातेपछि... (तस्बिरहरू)
-
तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा