सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा छतबाट खसेर मजदूरको मृत्यु

शुक्रबार, ०५ भदौ २०७७, १७ : ५६
शुक्रबार, ०५ भदौ २०७७

बुटवल । रुपन्देहीमा धागो उद्योगमा काम गर्ने एक मजदूरको घरको तलबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार पाल्पा रिब्दिकोट गाउँपालिका–८ घर भई हाल रुपन्देहीको  मायादेवी गाउँपालिका–३ स्थित जगदम्बा धागो उद्योगमा काम गर्ने मजदूर अन्दाजी २२–२३ वर्षका कमल खाँम्चाको खसेर मृत्यु भएको हो ।

उनी आफु बस्ने क्वाटरको चारतले भवनको छतबाट शुक्रबार खसेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप