शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा रौतहटमा दुईवटा नाईटभिजन हेलिप्याड हस्तान्तरण

शनिबार, ०६ भदौ २०७७, १० : ५३
शनिबार, ०६ भदौ २०७७

रौतहट – रौतहटस्थित नेपाली सेनाले दुईवटा नाईटभिजन हेलिप्याड दुई स्थानीय तहलाई हस्तान्तरण गरेको छ । 

ईन्द्र बकस गणका प्रमुख नेपाली सेनाका कर्णेल सामन्तध्वज खांडले शुक्रबार सांझ छुट्टाछुट्टै कार्यक्रम बिच दुबै हेलिप्याड हस्तान्तरण गरेका हुन ।

cimic,qip कार्यक्रम अन्तरगत नेपाली सेनाले गौर नगरपालिका ८ स्थित निर्माण गरेको हेलिप्याड मेयर अजयकुमार गुप्तालाई कर्णेल खांडले हस्तान्तरण गरेका छन् । 

त्यसैगरी बागमती नदी नजिकै गढिमाई नगरपालिका समनपुरमा निर्माण भएको हेलिप्याड मेयर श्याम प्रसाद यादवलाई कर्णेल खांडले हस्तान्तरण गरेका छन् । 

बर्षायाममा बर्सेनि बाढी तथा डुबान बाट अतिनै प्रभावित रौतहटमा डुबानको समयमा राहत तथा उद्वारको लागि उक्त नाईटभिजन हेलिप्याड प्रयोग गर्दा सहजहुने नेपाली सेनाका कर्णेल सामन्तध्वज खांडले जानकारी दिएका छन् । 

जिल्ला सदरमुकाम गौर र जिल्लाको पुर्वीभेगमा डुबानको समय उद्धारको लागि आउने हेलिकप्टर अवतरण हुने कुनै सुरक्षीत स्थान न रहेकाले बिपत्तिको समयमा उक्त हिलिप्याड प्रयोग गरेर ठूलो राहत पुर्याउन सकिने कर्णेल खांडले बिश्वास व्यक्त गरेका छन् ।
 
दुईबर्ष अघि आएको बाढले गौरक्षेत्र र समनपुर क्षेत्र डुबानमा पर्दा राहत सामग्री लिएर काठमाडौबाट आएको हेलिकप्टर सुरक्षित स्थानको अभावमा अवतरण हुन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप