नेपाली सेनाद्वारा रौतहटमा दुईवटा नाईटभिजन हेलिप्याड हस्तान्तरण
रौतहट – रौतहटस्थित नेपाली सेनाले दुईवटा नाईटभिजन हेलिप्याड दुई स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
ईन्द्र बकस गणका प्रमुख नेपाली सेनाका कर्णेल सामन्तध्वज खांडले शुक्रबार सांझ छुट्टाछुट्टै कार्यक्रम बिच दुबै हेलिप्याड हस्तान्तरण गरेका हुन ।
cimic,qip कार्यक्रम अन्तरगत नेपाली सेनाले गौर नगरपालिका ८ स्थित निर्माण गरेको हेलिप्याड मेयर अजयकुमार गुप्तालाई कर्णेल खांडले हस्तान्तरण गरेका छन् ।
त्यसैगरी बागमती नदी नजिकै गढिमाई नगरपालिका समनपुरमा निर्माण भएको हेलिप्याड मेयर श्याम प्रसाद यादवलाई कर्णेल खांडले हस्तान्तरण गरेका छन् ।
बर्षायाममा बर्सेनि बाढी तथा डुबान बाट अतिनै प्रभावित रौतहटमा डुबानको समयमा राहत तथा उद्वारको लागि उक्त नाईटभिजन हेलिप्याड प्रयोग गर्दा सहजहुने नेपाली सेनाका कर्णेल सामन्तध्वज खांडले जानकारी दिएका छन् ।
जिल्ला सदरमुकाम गौर र जिल्लाको पुर्वीभेगमा डुबानको समय उद्धारको लागि आउने हेलिकप्टर अवतरण हुने कुनै सुरक्षीत स्थान न रहेकाले बिपत्तिको समयमा उक्त हिलिप्याड प्रयोग गरेर ठूलो राहत पुर्याउन सकिने कर्णेल खांडले बिश्वास व्यक्त गरेका छन् ।
दुईबर्ष अघि आएको बाढले गौरक्षेत्र र समनपुर क्षेत्र डुबानमा पर्दा राहत सामग्री लिएर काठमाडौबाट आएको हेलिकप्टर सुरक्षित स्थानको अभावमा अवतरण हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण