बलिउड यी सुपरस्टारका रोचक कहानी
एजेन्सी – बलिउडमा केही यस्ता सुपरस्टारहरु छन् जसको कहानी कसैले सुनेका छैनन् । सुपरस्टारका रोचक कहानी कमैले सुनेका छन् ।
फिल्म ‘राफू चक्कर’
सन् १९७० मा माचो–हिरोको छविलाई फिल्म रफू चक्करबाट ऋषि कपूरको भूमिकाले चुनौती दिएको थियो । ऋषि कपूरले फिल्ममा लगभग ७० प्रतिशत भूमिका युवतीको कपडामा देखिएका थिए । उनी महिलाको पहिरनमा नै पुरुष शौचालय र कोठा प्रयोग गर्थे । उनले एकदिन महिलाको भेषमा पुरुष शौचालय पुगे । उनले त्यहाँ दुई विदेशी पुरुषलाई छक्याए । उनी ती पुरुषहरुको अगाडि लजाउँदै शौचालयबाट निस्किएर गए तब ती पुरुषहरु उनलाई खोज्दै आइपुगे पछि फिल्म शुटिङमा देखेपछि उनीहरु फर्किएका थिए ।
फिल्म ‘गुलाम’
अलग अभिनयबाट अलग पहिचान बनाएका आमिर खानले फिल्म गुलाममा सिद्धार्थ मराठेको भूमिका निभाएका थिए । यो फिल्मको रेलको दृश्यले निकै चर्चा पाएको थियो ।
यो दृश्य आमिर आफैले गर्ने निधो गरे । रेलको बत्ती बलिसकेपछि आमिर रेलको अगाडि बसे । रेल आमिरतिर आइसकेको थियो । आमिरले सोचेभन्दा तीव्र गतिमा आएको रेललाई जम्मा एक सेकेण्डमा उनले रेललाई छल्न सफल भएका थिए ।
फिल्म ‘मुन्ना भाई एमबीबीएस’
मुन्नाको भूमिकाका लागि शाहरुख खानलाई र सहायक अभिनेताको लागि संजय दत्तलाई लिइएको थियो तर शाहरुख खानले फिल्म नखेल्ने भएपछि संजय दत्त मुख्य भूमिकामा आए । जसले उनको भाग्य चम्कियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण