कोरोनाका कारण विश्वभर ८ लाखको मृत्यु
एजेन्सी । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या ८ लाख पुगेको छ । जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका रहेका छन् ।
अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार ४२९ जनाको मृत्यु भएको छ भने दोस्रो धेरै ब्राजिलमा एक लाख १३ हजार ३५८ जनाको मृत्यु भएको छ ।
त्यस्तै तेस्रो धेरै मानवीय क्षति बेहोरेको मेक्सिकोमा ६० हजार २५४, भारतमा ५६ हजार ८७५ र बेलायतमा ४१ हजार ४२३ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै इटलीमा ३५ हजार ४३०, फ्रान्समा ३० हजार ५१२, स्पेनमा २८ हजार ८३८ र पेरूमा २७ हजार ४५३ सङ्क्रमितको मृत्यु भएको छ ।
त्यसैगरी सङ्क्रमितको सङ्ख्या अमेरिका, ब्राजिल र भारतपछि क्रमशः रुस, दक्षिण अफ्रिका, पेरू, मेक्सिको, कोलम्विया, स्पेन, चिली र इरान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण