२० हजार प्रवासी मजदूरलाई घर दिँदै अभिनेता सोनु
मुम्बई । बलिउड अभिनेता सोनु सुद लगातार मानिसहरुको सहयोगमा जुटिरहेका छन् । कोरोना समय धेरै मानिसलाई बिभिन्न मद्दत प्रकारका सहयोग गरेका सोनुले २० हजार प्रवासी मजदूरका लागि घर समेत दिने भएका छन् । सोनुले नोएडाका प्रवासी मजदूरका लागि घर दिने घोषणा गरेका हुन् । जसको जानकारी सोनुले सोसल मिडियामार्फत गराएका छन् ।
‘रोजगारको साथसाथै अब घर पनि’ उनले सोशल मिडियामा अगाडि लखेका छन् ‘मलाई २० हजार प्रवासी मजदुरलाई घर दिनुको खुसी मिलिरहेको छ । जसलाइ प्रवासी रोजगारीको माध्यमबाट नोएडाका कपडा युनिटमा जागिर मिलेको छ ।’ उनले एनएइसिका अध्यक्ष ललित ठुकरालको समर्थनमा यो महान कार्यका लागि हामी चौबीस घन्टा कामगरिरहेको समेत जानकारी दिएका छन् ।
मजदूरहरुलाई ‘प्रवासी मजदूर’ एप्लीकेसनद्धारा रोजगारी दिइएको हो । रोजगारीका लागि लागि उनले एक एप्लिकेशनको सुरुवात गरेका थिए । जसबाट मजदुरको सहयोग गर्न सकिन्छ । एप्लिकेसनको नाम ‘प्रवासी रोजगार’ राखिएको थियो । यो अहिले अंग्रेजी भाषामा रहेको छ । अव छिट्टै पाँच भाषामा समेत निर्माण हुनेछ । जसलाई मजदूरले सजिलै प्रयोग गर्न सक्नेछन् । यो एप्लीकेसनबाट ती मजदूरलाई मद्दत मिल्नेछ । जो आफ्नो घर छोडेर अर्काे शहरमा जाने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण