बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अभिनेत्री करिश्मा लेख्छिन्–‘कुलमान घिसिङ फेरि चाहिन्छ’

मङ्गलबार, ०९ भदौ २०७७, १३ : १५
मङ्गलबार, ०९ भदौ २०७७

काठमाडौं । दैनिक १८ घन्टा बढी लोडसेटिङ भइरहेको हाम्रो देशलाई लोडसेटिङ मुक्त गराउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यहि २९ भदौबाट सकिँदैछ । उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि जिम्मेवारी नदिन विभिन्न ब्यक्तिहरु राजनीतिकदेखि आर्थिक चलखेलमा लागिरहेका समाचार मिडियामा आइरहेका छन् ।

भित्रिरुपमा जति नै चलखेल भएपनि उनलाई फेरि प्राधिकरणकै जिम्मेवारी दिनुपर्ने कुराको बुलन्द आवाज सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले सामाजिक सञ्जालबाट उठाउन थालेका छन् । यस्तैमा नेपाली चलचित्रकी सदाबहार अभिनेत्री करिश्मा मानान्धरले पनि कुलमान फेरि विद्युत प्राधिकरणमा चाहिने बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा कुलमानसँगै खिचाएको तस्बिर सेयर गर्दै लेखेकी छन्– ‘थोरै  आफ्नो सोचेर धेरै अरुका लागि गर्ने कमै मानिस हुन्छन् । । कुलमान घिसिङ फेरि चाहिन्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप