सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कारोना संक्रमण पुष्टि
मङ्गलबार, ०९ भदौ २०७७, १४ : ३०

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ६६ नमूना परीक्षण गरिएका मध्ये ५० मा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका २, अछामको बान्नीगढी जयगढ गाउपालिकाका १७, कञ्चनपुर शुक्लाफाटा नगरपालिकाका ८, बझाङ्ग छब्बिस पाथिभाराका ६ र दुर्गाथलीका २ जना रहेका छन् ।
त्यसैगरी कैलालीको बर्दगोरीया गाउँपालिकाका ४, घोडाघोडी नगरपालिकाका ७ र जानकी गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको अस्पताल प्रयोगशाला ईन्चार्ज ईश्वरीप्रसाद भुसालले रातोपाटीलाई जानकारी दिए । ६ सय १६ नतिजा भने नेगेटिभ आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा
-
हाजिर हुन दिलभूषणलाई प्रहरीको सार्वजनिक सूचना, कानुनले के भन्छ ?
-
वसन्त चौधरीको आख्यान ‘देवयानी’ विमोचित
-
हेटौँडाका वडाध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
-
‘एमालेका जनसंगठनमा आफुखुसी निर्णय गर्दा समस्या’
-
रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति