बिरामी नफर्काउन मुख्यमन्त्री राईको निर्देशन
मोरङ । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड–१९ र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रतिष्ठानका पदाधिकारीहरुसँग आज छलफल गर्दै जनस्तरबाट आएको गुनासोलाई सम्बोधन गर्न उनले निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री राईले प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्ट्रार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफलपछि उपचारमा आउने बिरामीको राम्रो उपचार गर्न र आएका बिरामीलाई नफर्काउन निर्देशन दिए ।
उनले तत्काल पिसीआर परीक्षणको दायरा बढाउन र त्यसका लागि आवश्यक संयन्त्र निर्माण गर्न पदाधिकारीलाई निर्देशन दिँदै प्रतिष्ठानमा ५०० क्षमतको आइसोलेशन बेड तयार पार्न र कोभिड अस्पताललाई २०० बेड क्षमताको बनाउन निर्देशन दिए । सो अवसरमा प्रतिष्ठानका पदाधिकारीले निर्देशनबमोजिमको आवश्यक काम थाल्ने प्रतिवद्धता व्यक्त गर्दै प्रतिष्ठानका वर्तमान वस्तुस्थितिबारेमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण