अमेरिकी अधिकारीले प्लाज्मा थेरेपीलाई बढाईचढाई भनेकोमा मागे माफी
अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) का शीर्ष डाक्टरले कोभिड–१९ को उपचारमा प्लाज्मा थेरेपीको फाइदालाई बढाईचढाई भनेकोमा माफी मागेका छन् ।
एफडीए कमिश्नर स्टीफन ह्यानको एजेन्सीले कोरोनाभाइरसका बिरामीका लागि आपतकालीन स्थितीमा प्लाज्मा थेरापीलाई मञ्जुरी दिएपछि निशानमा आएका थिए ।
राष्ट्रपति डोनल्ड ट्रम्पसँग ‘हो’ मा हो मिलाउँदै ह्यानले यो उपचार विधि जीवन बचाउने खालको बताएका थिए ।
यद्यपि, वैज्ञानिकले ह्यानले बताएको आँकडामाथि प्रश्न खडा गर्न सुरु गरेका थिए । यसमा मृत्युदर ३५ प्रतिशतसम्म काम हुनसक्ने बताइएको थियो । यो दाबी मायो क्लिनिकको एक सुरुवाती परिणामको आधारमा गरिएको हो ।
ह्यानले सिबिएस न्यूज एजेन्सीसँगको कुराकानीमा आँकडाले के भन्छ, त्यो बताउनका लागि उनले राम्रोसँग काम गर्नसक्ने बताएका छन् ।
उनले यो निर्णयमा भनेका छन्, ‘यो उपचारलाई आपतकालीन स्थितीमा दिने निर्णय एफडीएफका वैज्ञानिकले गरेका हुन् जुन विज्ञान र आँकडाको आधारमा हो ।’
ह्यानले राजनीति गरेको भदै आलोचना खेपिसकेका छन् । उनीमाथि ट्रम्प प्रशासनको समर्थन गरेको आरोप पनि छ । ट्रम्प प्रशासनले नोेभेम्बर ३ मा हुन लागेको राष्ट्रपति चुनावलाई मद्देनजर गर्दै कोभिड–१९ को उपचारमा तीब्रता ल्याइरहेको छ ।
प्लाज्मा थेरापीको घोषणा हुनु एकदिन अघि राष्ट्रपति ट्रम्पले एफडीएमाथि राजनीतिक कारणले भ्याक्सिनको काममा र उपचारको तरिकामा बाधा हाल्ने आरोप लगाएका थिए ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण