कैलालीमा कोरोना संक्रमितको मृत्यु
बुधबार, १० भदौ २०७७, १० : ४९
कैलाली । सुदूरपश्चिम प्रदेशमा एकजना कोरोनासंक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका–११ का ४५ वर्षीय कोरोनासंक्रमित पुरुषको बुधबार बिहान ८ बजेर ३५ मिनेट जादा मृत्यु भएको हो ।
मङ्गलबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । भेन्टीलेटरमा रहेका उनको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
‘वहाँको अवस्था नाजुक थियो । वहाँ ४ दिनदेखि धनगढीमा रहेको निर्सग हस्पिटलमा पल्मोनरी हाईपोटन्सन र क्रोनिक लिभर डिजिज रोगको उपचारमा रहनुभएको थियो,’ उनले भने ।
एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि नमुना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठको भनाइ छ । शवको व्यवस्थापनका लागि नेपाली सेनालाई खबर भइसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण