काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय
काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
अब, काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन् ।
भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधि एकसाता लम्ब्याउने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रातोपाटीलाई जानकारी दिइन् ।
कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौंका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।
संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।
थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।
एक साता लामो निषेधाज्ञापछि उपत्यकामा कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ भएको उपत्यकाका तीन प्रजिअको निष्कर्ष छ ।
‘एक हप्ताको निषेधाज्ञाको कारण कोरोना संक्रमणको चेन ब्रेक भएको समीक्षा गरेका छौं’ काठमाडौंका प्रजिअ जनकराज दाहालले रातोपाटीसँग भने, ‘उपत्यकामा मोविलिटी ठप्प भएको छ, चेन ब्रेक भएपछि आधारभूत रुपमा संक्रमणको दर घट्ने विश्वास छ ।’
आवागमन बन्द गरेपछि भीडभाड कम भएको र त्यसबाट उपत्यकामा संक्रमणको दर घटेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
