ट्रम्प समर्थक टमी लरेनले अमेरिकी राष्ट्रपतिलाई अञ्जानमा भनिन् ‘उल्लू’, मज्जाले खिल्ली उडाइँदै
अमेरिकी कन्जरभेटिव पोलिटिक कमेन्टेटर तथा टेलिभिजनकी पूर्व कार्यक्रम प्रस्तोता टमी लरेनको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यो भिडियाका कारण उनी मज्जाले ट्रोल भइरहेकी छिन् । भिडियोमा टमी लरेन, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका भारतीय समर्थकलाई सम्बोधन गरिरहेकी थिइन् । त्यति नै बेला उनले एउटा ठूलो गल्ती गरेकी छिन् ।
लिबरल्सको आलोचना गर्नका लागि चर्चित टमीले एक भिडियो सेयर गरिन् जसमा उनले भारतीय समर्थकलाई धन्यवाद दिँदै डोनल्ड ट्रम्पले अमेरिकालाई पुनः महान बनाउने दिशामा अग्रसर भएको बताइन् । तर यो भिडियोमा उनले ट्रम्पलाई ‘उल्लू’ भनिन् ।
आफ्नो भिडियोमा टमीले ट्रम्प एक उल्लू जस्तै बुद्धिमान भएको र भारतीय प्रवासीसम्म आफ्नो कुरा पुर्याउनका लागि उनले यसको अनुवाद पनि गरिन् । यतिबेला उनले ट्रम्पलाई ‘उल्लू’ भनिन् ।
I can't 😂
— StanceGrounded (@_SJPeace_) August 25, 2020
"President trump is wise like an ullu"
In hindi ullu means owl but used as an insult to consider someone a fool
We all can agree with tomi that Trump is an Ullu 😂🦉 pic.twitter.com/4IzdTBXQYr
टमी लरेनलाई उल्लूको प्रयोग कसैलाई अपमान गर्नका लागि गरिन्छ भनेर उनलाई पक्कै थाहा थिएन ।
भिडियोमा टमीले भनेकी छिन्, ‘भारतमा मेरा सबै अद्भूत प्रशंसकलाई नमस्ते । म टमी लरेन ‘मेक अमेरिका ग्रेट अगेन’ एजेन्डा र ‘किप अमेरिका ग्रेट’ एजेन्डालाई समर्थन गरेकामा साथीहरुलाई धन्यवाद दिन चाहन्छु । हामीलाई थाहा छ कि ट्रम्पले अमेरिकालाई महान् बनाइराख्नेछन् किनभने राष्ट्रपति ट्रम्प उल्लूजस्तै बुद्धिमान छन् । तपाईंहरु हिन्दीमा भन्नुहुन्छ नि, मलाई आशा छ यसको उच्चारण मैले सही गरिरहेकी छु... राष्ट्रपति ट्रम्प ‘उल्लू’ झैं बुद्धिमान छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण