सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा १०८ सङ्क्रमित थपिए

बुधबार, १० भदौ २०७७, १८ : २८
बुधबार, १० भदौ २०७७

मोरङ । पछिल्लो २४ घण्टामा  प्रदेश नं १ मा  १०८ कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमा महिला ३६ र पुरुष ७२ जना छन् । जसमा मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा आठ, पाँचथरमा चार, उदयपुर र खोटाङमा एकएक जना छन् भने प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपिएका सङ्क्रमितमा पछिल्लो २४ घण्टामा विराटनगरमा  ४३ जनामा सङ्क्रमण देखिएको हो । जसमा  १३ महिला र ३० पुरुष छन् । पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार मोरङको बुढीगंगामा तीन महिला, एक पुरुष र सुन्दरहरैचामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जिल्ला बाहिर सङ्क्रमितमा सुनसरीको इटहरीमा पाँच महिला नौ पुरुष, इनरुवामा एक महिला तीन पुरुष, बर्जुमा एक महिला दुई पुरुष, दुहवीमा दुई पुरुष, धरानमा एक महिला, झापाको दमकमा छ महिला नौ पुरुष  र गौरीगञ्जकी एक महिलामा सङ्क्रमण देखिएको हो । 

यस्तै तेह्रथुमको म्याङलुङमा चार महिला चार पुरुष, पाँचथरको फिदिममा चार पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका एक महिला र एक पुरुष तथा प्रदेश  बाहिरका एक महिला पाँच पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्ममा यस प्रदेशा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९४० पुगेको छ भने उपचार भएर घर फर्केकाको सङ्ख्या एक हजार ३८५ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा ८१ जना कोरोनाको सङ्क्रमण मुक्त भएर घर फर्केको बताइएको छ । प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ३५७ जनाको पीसीआर परीक्षण भइ हालसम्ममा ८२ हजार १०२ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप