अमेरिकी जासुसी विमान आफ्नो देशमा छिरेको चीनको आरोप, सैनिक गतिविधि सबै रेकर्ड गरिए
एजेन्सी । अमेरिका र चीनबीच फेरि एकपटक तनाव बढेको छ । चीनले २ अमेरिकी जासुसी विमान आफ्नो सीमामा घुसेको आरोप लगाएको छ । चीनको यो आरोपसँगै २ देशबीच फेरि तनाव बढेको हो । चीनले ती २ जासुसी विमानले चिनियाँ सैन्य अभ्यासको गोप्य रुपमा रेकर्ड गरेको आरोप लगाएको छ । उक्त घटना उत्तरी चीनको सिमानामा भएपनि त्यसको आधिकारिक लोकेशन भने चीनले दिएको छैन ।
चीनले लगाएको आरोपको अमेरिकाले खण्डन गरेन, बरु उसले आफ्ना विमानहरुले नियम नतोडेको दाबी गरेको छ । यी दुई देशबीचको तनाव गम्भीर मोडमा पुग्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । किनभने गत महिनामा २ अमेरिकी लडाकु विमान संघाईबाट ७५ किलोमिटरको दुरीमा उडान भरिरहेका दृष्यहरु समेत देखिएका थिए ।
चीनले भन्यो– ‘यो कुनै फ्लाई जोन होइन’
चिनिया रक्षा मन्त्रालयका प्रवक्ता वू किनले भने– ‘अमेरिकी नौसेनाका २ विमानले उत्तरी क्षेत्रमा अभ्यास गरिरहेको हाम्रो सेनाका बारेमा थुप्रै घण्टा (रेकर्ड) जासुसी गरेका छन् । यसले हाम्रो सैनिक प्रशिक्षणलाई असर गरेको छ । अमेरिकाले दुई देशबीचको सम्झौता समेत उल्लंघन गरेको छ ।’ चिनिया सरकारी सञ्चारमाध्यामहरुले अमेरिकी सेनाको यो गतिविधिले सैन्य झडपको खतरा बढेको बताएका छन् । यो क्षेत्र कुनै फ्लाई जोन नभएको समेत चीनले बताएको छ । चिनियाँ सरकारी मिडियाले भनेका छन्– ‘अमेरिकाको यो हरकत निकै खतरनाक छ । चीनको इलाकामा अमेरिकी सेना छिरे सैन्य झडप हुनसक्छ ।’
अमेरिकाले भने चिनियाँ आरोपको खण्डन गरेको छैन । सिएनएनसँगको कुराकानीमा युएस एयरफोर्सका एक अधिकारीले भने– ‘हामी आफ्नो नियममा बसेर काम गरिरहेका छौं । कसैको नियम तोडेका छैनौं । हामीले पहिले पनि हिन्द महासागर वरिपरि अप्रेसन गर्दै आएको थियौं । फेरि पनि अप्रेसन गरिरहन्छौं ।’ सैन्य विज्ञ कार्ल चेस्टरले भने– ‘म चिनियाँ दाबीलाई इन्कार गर्छु । युएस विमान चीनमा प्रवेश गर्न आवश्यक छैन । ती विमान र त्यहाँ कार्यरत प्राविधिकहरु यति उच्च प्राविधिक हुन् कि उनीहरुले निकै टाढाबाट सबै चीजको जानकारी प्राप्त गर्न सक्छन् ।’
अमेरिकाले त्यहाँ प्रयोग गरेको विमान यु–२ जासुस विमान हो । उक्त विमान पहिलोपटक सन् १९५० मा देखापरेको थियो । यी विमानले चिनियाँ क्षेत्रमा ७० हजार फिटमाथिबाट रेकर्ड गरेको आरोप लागेको छ । थुप्रै घण्टा चिनियाँ आकाशमा बिताएपछि ती विमान हिन्द महासागरको आफ्नो आधार क्षेत्रमा फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण