शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कलैयामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

बिहीबार, ११ भदौ २०७७, १२ : ४०
बिहीबार, ११ भदौ २०७७

रौतहट। बारामा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका– २ भूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ । मृतक रौतहट बौधिमाई नपा ईनरवारी निवासी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप