आर्थिक बोझ हुनेगरी अस्थायी दरवन्दी खुलाएको छैन: सरकारका प्रवक्ता
बिहीबार, ११ भदौ २०७७, १६ : ०२
काठमाडौं । सरकारले कोभिड १९ पछि खोलिएका धेरै अस्थायी दरवन्दी नवीकरण मात्रै गरेको बताएको छ । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।
उनले नवीकरण गरेका अस्थायी दरवन्दी मन्त्रिपरिषदले स्वीकृत गरेको भन्दै नयाँ आर्थिक भार नपरेको दावी गरे ।
‘केही दरवन्दीहरु परिस्थितिजन्य रुपमा सिर्जना हुनुपर्छ । जस्तो प्राविधिक रुपका दरवन्दीहरु कार्यबोझको हिसावले पदपूर्तिका हिसावले लोकसेवा आयोगमा लैजानु पनि पर्ने हुन्छ । धेरै नै कार्यबोझ हुनेगरी अस्थायी दरवन्दी थपिएको छैन’ मन्त्री खतिवडाको भनाई छ । पछिल्लो पटक सरकारले लोकसेवा बन्द गरेर अस्थायी दरवन्दी सिर्जना गरेको भन्दै विरोध समेत हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण