आर्थिक बोझ हुनेगरी अस्थायी दरवन्दी खुलाएको छैन: सरकारका प्रवक्ता
बिहीबार, ११ भदौ २०७७, १६ : ०२
काठमाडौं । सरकारले कोभिड १९ पछि खोलिएका धेरै अस्थायी दरवन्दी नवीकरण मात्रै गरेको बताएको छ । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।
उनले नवीकरण गरेका अस्थायी दरवन्दी मन्त्रिपरिषदले स्वीकृत गरेको भन्दै नयाँ आर्थिक भार नपरेको दावी गरे ।
‘केही दरवन्दीहरु परिस्थितिजन्य रुपमा सिर्जना हुनुपर्छ । जस्तो प्राविधिक रुपका दरवन्दीहरु कार्यबोझको हिसावले पदपूर्तिका हिसावले लोकसेवा आयोगमा लैजानु पनि पर्ने हुन्छ । धेरै नै कार्यबोझ हुनेगरी अस्थायी दरवन्दी थपिएको छैन’ मन्त्री खतिवडाको भनाई छ । पछिल्लो पटक सरकारले लोकसेवा बन्द गरेर अस्थायी दरवन्दी सिर्जना गरेको भन्दै विरोध समेत हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत