कोरोना भ्याक्सिनका लागि ८ दक्षिण अमेरिकी देशले मिलाए हात
चिलीका विदेशमन्त्री आन्द्रे एलामन्डले कोरोनाभाइरसको भ्याक्सिनमाथि जानकारी साझा गर्नका लागि र भ्याक्सिन पाउनका लागि दक्षिण अमेरिकी देशमा आपसी सहमती बनाएका छन् ।
उनले भ्याक्सिनका लागि समन्वयसहित काम गर्नुका थुप्रै फाइदा भएको बताएका छन् ।
यो नयाँ समूहमा चिली, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, पराग्वे, पेरु, इक्वाडोर र गुयाना समावेश छन् ।
यी आठ देशका राष्ट्राध्यक्ष र विदेश मन्त्रीको भर्चुअल बैठकमा आन्द्रे एलामन्डले भने, ‘भ्याक्सिनका लागि एक साथ कोसिस गर्नुका फाइदा छन्, विशेषगरी आवश्यक संख्यामा र कम मूल्यमा भ्याक्सिन पाउनका लागि ।’
सबै देशले आफ्ना नागरिकले पहिलो र सस्तो मूल्यमा भ्याक्सिन पाउने कोसिस गरिरहेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी कोरोनाका १५० भ्याक्सिन बनाइँदैछ जसमा २५ वटाको ह्यूमन ट्रायल सुरु भइसकेको छ ।
जोनसन एण्ड जोनसन, सिनोभ्याक र एस्ट्राजेनिकाको क्लिनिकल ट्रायल ल्याटिन अमेरिकामा कि त सुरु भइसकेका छन् कि चाँडै नै सुरु हुनेछन् ।
एलामन्डका अनुसार बेलायती औषधी कम्पनी एस्ट्राजेनिकाको कोरोना भ्याक्सिनको उत्पादन अर्जेन्टिना, मेक्सिको वा ब्राजिलमा गर्ने कुरामा पनि चर्चा भएको छ ।
एलामन्डले देशमा सीमा खोल्ने विषयमा पनि सहमति भएको बताए । यद्यपि, यसका लागि सबैभन्दा पहिलो एक प्राविधिक कमिशन बनाइनेछ जसले सीमा खोल्नेबारे सबै पाटोमाथि विचार गरेर १० दिनभित्र आफ्नो रिपोर्ट सुम्पिनेछ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण