बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बुटवल कोरोना अस्पतालमा लगातार मृत्यु: आज ६० वर्षीय पुरुषको ज्यान गयो

शुक्रबार, १२ भदौ २०७७, १२ : ४५
शुक्रबार, १२ भदौ २०७७

बुटवल । लुम्बिनी प्रदेशिक अस्पतालद्वारा सञ्चालित बुटवल कोरोना विशेष अस्पतालमा लगातर कोरोना संक्रमितहरुको मृत्यु भइरहेको छ । पछिल्ला ३ दिनदेखि सो अस्पतालमा लगातार संक्रमितहरुको मृत्यु भएको अस्पतालले जनाएको हो । 

बुधबार राती कपिलवस्तुका एक पुरुषको मृत्यु भएको अस्पतालमा हिजो बिहान १० बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकी नगरकी एक महिलाको मृत्यु भयो भने आज बिहान विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका  फोकल पर्सन डा.सुर्दशन थापाले रातोपाटीलाई बताए ।

उनकाअनुसार भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको मृत्यु भएको हो । भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो । उनको मृत्युसँगै अस्पतालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । जसमा कपिलवस्तुका ३, प्युठानका १ र रुपन्देहीका ४ जनाको मृत्यु भएको अस्पतालको तथ्याड्कमा उल्लेख छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप