बुटवल कोरोना अस्पतालमा लगातार मृत्यु: आज ६० वर्षीय पुरुषको ज्यान गयो
बुटवल । लुम्बिनी प्रदेशिक अस्पतालद्वारा सञ्चालित बुटवल कोरोना विशेष अस्पतालमा लगातर कोरोना संक्रमितहरुको मृत्यु भइरहेको छ । पछिल्ला ३ दिनदेखि सो अस्पतालमा लगातार संक्रमितहरुको मृत्यु भएको अस्पतालले जनाएको हो ।
बुधबार राती कपिलवस्तुका एक पुरुषको मृत्यु भएको अस्पतालमा हिजो बिहान १० बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकी नगरकी एक महिलाको मृत्यु भयो भने आज बिहान विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा.सुर्दशन थापाले रातोपाटीलाई बताए ।
उनकाअनुसार भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको मृत्यु भएको हो । भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो । उनको मृत्युसँगै अस्पतालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । जसमा कपिलवस्तुका ३, प्युठानका १ र रुपन्देहीका ४ जनाको मृत्यु भएको अस्पतालको तथ्याड्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण