सचिवालय बैठकअघि बालुवाटारमा ओली र प्रचण्डबीच छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच शुक्रबार दिउँसो १२ बजेपछि बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।
उनीहरुबीच शनिबार बस्ने सचिवालय बैठकको तयारी र पार्टीभित्रको समस्या समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न शनिबार बिहान ११ बजे सचिवालय बैठक बस्दैछ ।
पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए । कार्यदलले ओलीले राजीनामा दिन नपर्ने र प्रचण्डले कार्यकारी अधिकारसहितको अध्यक्षको भूमिका निभाउने लगायतका सुझाव दिएको थियो । गत मंसिर ४ को सहमतिलाई पुनव्र्याख्या गर्दै कार्यदलले प्रतिवेदन तयार पारेपनि अर्का बरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीबारेको प्रतिवेदन मौन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण