बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

शुक्रबार, १२ भदौ २०७७, १३ : ५९
शुक्रबार, १२ भदौ २०७७

काठमाडौं । शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।  अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार  छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो । 

नेकपाका बरिष्ठ नेता झलनाथ खनालले कोरोनाका कारण बैठक स्थगित गर्नुपरेको जानकारी दिए ।  शनिबार बस्ने सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी थियो ।  पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप