पोखराको कोरोना अस्पतालमा पनि एक संक्रमितको मृत्यु
शुक्रबार, १२ भदौ २०७७, १४ : ३२
पोखरा । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि आजै उपचारको लागि अस्पताल आएका पोखरा १६ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । मृतक पुरुषमा कोरोनासँगै उच्च रक्तचाप र मधुमेहका समेत समस्या थियो । उपचारका लागि अस्पताल आएका उनको अपराह्न १२ बजेर १५ मिनेट जाँदा भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।
पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुने यो चौथो केस हो । हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाई सकेका छन् । पछिल्लो अपडेटअनुसार गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २०२६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण