क्वारेन्टिन बनाइएका होटल रित्तै
हेटौँडा – कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटललाई क्वारेन्टिनका रूपमा प्रयोगमा ल्याउने अवधारणा ल्याइए पनि प्रभावकारी नभएको पाइएको छ ।
हेटौँडाका विभिन्न स्तरका १० वटा होटललाई क्वारेन्टिनमा प्रयोगमा ल्याउने गरी होटल व्यवसायीसँगको समन्वयमा मकवानपुर होटल एसोसिएसनले गत जेठको अन्तिम साता व्यवस्था गरेको थियो । विदेशबाट फर्किएकाले शुल्क तिरेर बस्नका लागि सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सूची बुझाए पनि सीमित व्यक्ति मात्र बस्न आएपछि होटललाई क्वारेन्टिन बनाउने अवधारणा प्रभावकारी नदेखिएको हो ।
होटल एसोसिएसनका मकवानपुर अध्यक्ष शङ्करलाल श्रेष्ठले होटललाई क्वारेन्टिनमा प्रयोगमा ल्याउने घोषणा गरिए पनि बस्न आउनेको सङ्ख्या कमी भएकाले होटलका कोठाहरू खासै प्रयोगमा नआएको जानकारी दिए ।
उनले होटलमा सेवाग्राहीले महँगो भएको भन्ने र समूहमा बस्न नआउँदा होटल सञ्चालकले खर्च धान्नै नसक्ने भएकाले क्वारेन्टिनका रूपमा सञ्चालनमा आउने नसकेको भन्दै कोरोना भाइरस सङ्क्रमित राख्दा स्वास्थ्य सुरक्षाका कारण विद्युत्, पानीलगायतमा बढी खर्च हुने गरेको बताए ।
एसोसिएसनले बिहान–बेलुकाको खाना, बिहानको नास्ता र दिउँसोको खाजा र सुत्ने व्यवस्थासहित सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी हेटौँडाका १० होटलका २०५ वटा कोठा क्वारेन्टिनमा प्रयोगमा ल्याउन तयार गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण