‘ड्रग्स’ को लतले करियर बर्बाद भएका बलिउड सेलिब्रेटी
एजेन्सी – रमझम र ग्ल्यामरको दुनियाँमा ड्रग्ससँग जोडिएको थुप्रै कहानीहरु छन् । फिल्म क्षेत्रको देखिने आवरणभन्दा भित्रि कथा निकै फरक हुने गर्छ ।
जसमध्ये केही कलाकार यस्ता छन्, जसले कुलतमा फसेर आफ्नो करियर नै बर्बाद बनाए ।
सञ्जय दत्त
सन् १९९३ मा भारतमा भएको बम बिस्फोटमा प्रयोग भएको हतियार राखेको आरोपमा जेल गएका अभिनेता दत्त सन् १९८२ मा ड्रग्स राखेको आरोपमा जेल गएका थिए । उनलाई जेलबाट छुटेपछि उनका पिता सुनील दत्तले अमेरिकाको पूर्नस्थापना केन्द्र पठाएका थिए ।
रणबीर कपूर
सुत्रका अनुसार रणबीर कपूरले पनि आफूले ड्रग्स प्रयोग गर्ने कुरा स्वीकार गरेका थिए । उनले स्कुलबाट नै ड्रग्स लिन सुरु गरेका र त्यसको लत लागेको बताएका थिए । उनले ड्रग्स छोडेको घोषणा त गरे । तर उनी चेन स्मोकर हुन् ।
फरदीन खान
सन् २००१ को मे ५ मा कोकीन नामक ड्रग्स राखेको आरोपमा खान पक्राउ परेका थिए । उनले जेलमा ५ दिन बिताए । उनलाई जेलबाट सिधा पूर्नस्थापना केन्द्र पठाइयो ।
प्रतिक बब्बर
स्वर्गीय अभिनेत्री स्मिता पाटिल र राज बब्बरका छोरा प्रतिकले पनि सञ्जय दत्तले जस्तै आफूले ड्रग्स लिएको खुलासा गरेका थिए । उनले १३ वर्षमै कुलतमा फसेको स्वीकारे । उनले यो लत छोड्न सकेका छैनन् ।
हनी सिंह
र्यापर तथा गायक हनी सिंह करियरको उचाइमा थिए । उनी कुलतमा यसरी फसे कि उनलाई त्यसबाट बाहिर आउन निकै गाह्रोे भयो तर उनले अहिले कुलत छोडेर करियरमा केन्द्रीत भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रममा सरकारको नीति तथा कार्यक्रम : नयाँ श्रम गन्तव्य मुलुक खोज्नेदेखि श्रमको अडिटसम्म
-
कांग्रेसबाट संसद्मा अशोभनीय काम भयो : अर्थमन्त्री पुन
-
फैसलाको आशमा उच्च अदालत अगाडि भिड, तस्बिरहरू
-
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन
-
यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था
-
पारित भएन ‘धन्यवादको प्रस्ताव’ : जेठ ३ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित