‘ड्रग्स’ को लतले करियर बर्बाद भएका बलिउड सेलिब्रेटी
एजेन्सी – रमझम र ग्ल्यामरको दुनियाँमा ड्रग्ससँग जोडिएको थुप्रै कहानीहरु छन् । फिल्म क्षेत्रको देखिने आवरणभन्दा भित्रि कथा निकै फरक हुने गर्छ ।
जसमध्ये केही कलाकार यस्ता छन्, जसले कुलतमा फसेर आफ्नो करियर नै बर्बाद बनाए ।
सञ्जय दत्त
सन् १९९३ मा भारतमा भएको बम बिस्फोटमा प्रयोग भएको हतियार राखेको आरोपमा जेल गएका अभिनेता दत्त सन् १९८२ मा ड्रग्स राखेको आरोपमा जेल गएका थिए । उनलाई जेलबाट छुटेपछि उनका पिता सुनील दत्तले अमेरिकाको पूर्नस्थापना केन्द्र पठाएका थिए ।
रणबीर कपूर
सुत्रका अनुसार रणबीर कपूरले पनि आफूले ड्रग्स प्रयोग गर्ने कुरा स्वीकार गरेका थिए । उनले स्कुलबाट नै ड्रग्स लिन सुरु गरेका र त्यसको लत लागेको बताएका थिए । उनले ड्रग्स छोडेको घोषणा त गरे । तर उनी चेन स्मोकर हुन् ।
फरदीन खान
सन् २००१ को मे ५ मा कोकीन नामक ड्रग्स राखेको आरोपमा खान पक्राउ परेका थिए । उनले जेलमा ५ दिन बिताए । उनलाई जेलबाट सिधा पूर्नस्थापना केन्द्र पठाइयो ।
प्रतिक बब्बर
स्वर्गीय अभिनेत्री स्मिता पाटिल र राज बब्बरका छोरा प्रतिकले पनि सञ्जय दत्तले जस्तै आफूले ड्रग्स लिएको खुलासा गरेका थिए । उनले १३ वर्षमै कुलतमा फसेको स्वीकारे । उनले यो लत छोड्न सकेका छैनन् ।
हनी सिंह
र्यापर तथा गायक हनी सिंह करियरको उचाइमा थिए । उनी कुलतमा यसरी फसे कि उनलाई त्यसबाट बाहिर आउन निकै गाह्रोे भयो तर उनले अहिले कुलत छोडेर करियरमा केन्द्रीत भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण