उपत्यकामा स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा सुरु
काठमाडौं । उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरिएको हो ।
नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले सवारी साधनका कारण स्वास्थ्य प्रवाहमा बाधक नपुगोस् भन्ने उद्देश्यले निःशुल्क बससेवा सुरु गरिएको जानकारी दिए । बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्नेछ ।
बाँसबारीबाट सुरु हुने वस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति बाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म र अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ ।
सुरुमा प्रत्येक दिन तीनवटा बसले सेवा दिएपनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने एशोसियशनका कार्यकारी सदस्य डा.रितेश थापाले जानकारी दिए । बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ । सेवा नै धर्म हो भन्ने भावना बोेकेको रोटरी क्लबसमेतले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको समस्या समाधानका लागि सहयोग गरेको रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्सका अध्यक्ष कविता रेग्मीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण