नाग्म पहिरोः ३ घर पुरिए, १ बालकको मृत्यु
कर्णाली । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान मा पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए । “पहिरोबाट १३ वर्षीय बालक अर्जुन हमाल र ३५ वर्षीय महिला पुण्य शाहीलाई जीवितै उद्धार गरिएको छ,” उनले भने, “फोन सम्पर्क नहुँदा पूर्ण विवरण आउन सकेको छैन ।”
उनका अनुसार जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार गर्नुका साथै जेसिबीसमेतले उद्धारको काम गरिरहेको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जीवितै उद्धार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउँदै गरिएको जानकारी दिए । घटनामा के कति मानवीय क्षति भएको छ ? भन्ने एकीन विवरण आउन नसकेको जनाउँदै उनले जुम्लाबाट नेपाल प्रहरी, विपद् व्यवस्थापन समिति, सशस्त्र प्रहरी घटनास्थल पुगेर उद्धार गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण