कालिकोटमा पहिरोले पुरेर एकै परिवारका ४ जनाको मृत्यु, २ जनाको जिवितै उद्धार
काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मा बजारमा पहिरोले पुरेर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । आइबार आएको पहिरोमा परेर शुभकालिका गाउँपालिका घर भएका ४० वर्षीया प्रयास शाही, उनको ५ वर्षीय छोरा निराजन शाही शाही, ७ वर्षीया छोरी हिमा शाही र दुई महिनाको अर्को छोरा अकल शाहीको मृत्यु भएको छ ।
पहिरोले ५ घर पुरेको र घटनास्थलबाट २ जनालाई जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामबावु ओलियाले रातोपाटीलाई जानकारी दिए ।
घटनास्थलबाट तिलागुफा नगरपालिका–३ बस्ने वर्ष १३ का अर्जुन हमाल र जुम्ला हिमा गाउँपालिका घर भएकी ३५ वर्षीया पुन्या शाहीको जिवितै उद्धार गरिएको छ । उनीहरुलाई उपचारका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ । शाहीको अवस्था गम्भिर छ ।
पहिरोले मासु पसल र किराना पसल पुरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोट र विपद् व्यवस्थापन कार्यालय जुम्लाबाट खटिएका ३२ जना उद्धारकर्मी घट्नास्थलमा उद्धारका लागि खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण