आन्तरिक उडान भदौ मसान्तसम्म बन्द
आइतबार, १४ भदौ २०७७, २२ : ५७
काठमाडौं । सरकारले आन्तरिक उडान भदौ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । यसअघि भदौ आन्तरिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि रोक लगाइएको थियो । त्यस्तै बैठकले रोजगार खुलाइएका विभिन्न गन्तव्य मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।
श्रोतका अनुसार रोजगार खुला गरिएका गन्तव्य मुलुकको हकमा मात्र यस्तो निर्णय गरिएको हो । त्यस्तै बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित (बाहिरी) उडानमा केही थप्ने सैद्धान्तिक निर्णय गरेको छ । यसअघि दैनिक ५ सयभन्दा बढी नागरिकलाई नल्याउने भन्ने निर्णयमा हेरफेर गर्दै दशैं, तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै नियमित उडानमा थप गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण