‘कोरोना सङ्क्रमितलाई माया गरौँ’
काठमाडौँ - ‘कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई घृणा र दुव्र्यवहार होइन सक्दो सहयोग गरौँ ।’
काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिले समुदायमा अहिले यस्तै अभियान चलाएका छन् । कोरोना सङ्क्रमित र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमित नभएका व्यक्तिले दुव्र्यवहार गर्न थालेपछि जनप्रतिनिधिकै अगुवाइमा समुदाय स्तरमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो ।
काठमाडौँ उपत्यकामा कुल सङ्क्रमितमध्ये करिब ४५ प्रतिशत व्यक्ति घरमै एकान्तवास र समुदायको निगरानीमा एकान्तवास बसिरहेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–१ का वडाध्यक्ष मुकुन्द गजुरेलले कोरोना सङ्क्रमितलाई दैनिक तीन पटक फोन गरेर उहाँहरूको समस्या बुझ्ने गरेको बताए । उनले वडा भित्रका सबै सङ्क्रमितको आफूले अभिभावकत्व ग्रहण गरी आवश्यक सहयोग गरिरहेको छु, कोरोना लाग्दैमा आत्तिनुपर्दैन, घरमै सुरक्षित भएर बस्दा परिवारलाई कोरोना सर्दैन भने । उनले नागरिक सचेत भए कोरोनालाई जित्न सकिन्छ भन्ने अभियान नै चलाएको बताए ।
काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाको भनाइमा कोरोनालाई जित्न समुदाय जागरण अभियान चलाइएको छ । समुदायमा क्रियाशील युवा समूह, नागरिक समाजका अगुवा, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहलाई कोरोना सचेतना अभियानमा टोल–टोलमा परिचालन गरेका छन् ।
सापकोटाले कोरोना भाइरस सङ्क्रमण हुनु कुनै पाप होइन, यो कोरोना धनी वा गरिब जो कोहीलाई पनि लाग्न सक्छ तर सङ्क्रमितलाई दुव्र्यवहार होइन आत्मबल बढाएर सहयोग गरौँ भने । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण