उपत्यकामा क्वारेन्टिन थपिँदै
काठमाडौंँ – विदेशबाट आउने व्यक्तिहरूलाई राख्न काठमाडौंँ उपत्यकामा थप दुई हजार तीन सय शय्या भएको क्वारेन्टिन निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ । यसअघि काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी दुई हजार जना बस्न मिल्ने एकीकृत क्वारेन्टिन तयार भई सञ्चालनमा आएका छन् ।
गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार काठमाडौंँमा ४५०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा ७५० गरी दुई हजार तीन सय शøया क्षमताको एकीकृत क्वारेन्टिन सञ्चालनमा ल्याउने निर्णय भएको छ । मन्त्रिपरिषद्ले काठमाडौँ, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टिन को प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठन गरेको समितिको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
बैठकले काठमाडौँंमा क्वारेन्टिन को सङ्ख्या कम देखिएकाले काठमाडौँ महानगरलाई भृकुटीमण्डपमा रहेका संरचनामा क्वारेन्टिन सञ्चालन गर्ने व्यवस्था गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
यसैगरी थप स्थानको पहिचान गर्न काठमाडौंँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी उपयुक्त स्थानको पहिचान गर्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण