सिरहामा कांग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

लहान– सिरहाको गोलबजारमा नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा अज्ञात समूहले विहीबार बेलुका पेट्रोल बम प्रहार गरेको छ ।
गोलबजार नगरपालिका ७ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरिनारायण सिंह महतोको बीआरआईएएफ १६०५ नम्बरको स्कारपियो गाडीमा पेट्रोल बम प्रहार भएको हो ।
असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनको क्रममा प्रचारप्रसार गरी बेलुका कांग्रेस कार्यकर्ता प्रमोद सिंहको घरमा पार्किङ गरी राखिएको अवस्थामा गाडीमा पेट्रोल बम प्रहार भएको हो । बम प्रहारबाट मानवीय क्षति नभएपनि गाडीको गाडीको भाग जलेको छ ।
दुई जनाको समूहमा मोटरसाइकलमा आएका ब्यक्तिले पेट्रोल बम प्रहार गरी भागेको स्थानीयले बताए । बम कसले प्रहार गरेको खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए ।
घटनापछि प्रहरीले जिल्लाको सुरक्षा ब्यवस्था थप कडा पारेको छ । असोज २ गतेको निर्वाचनको सून्य समय शुरु हुनु भन्दा एक दिनअघि विस्फोटको घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट : अस्ट्रेलियाले लाबुसेनलाई हटायो, युवा खेलाडीलाई मौका
-
कोहली र रोहितको युगपछि शुभमन र यशस्वीको धमाकेदार सुरुवात
-
नेतृत्वविहीन रास्वपा तेस्रो स्थापना दिवस मनाउँदै, रविमाथि मुद्दाको चाङ
-
मनिष झालाई प्रश्न– रविले कतै बदमासी गरेजस्तो लागेको छैन ?
-
फ्लामेङ्गोसँगको हारले चेल्सी संकटमा
-
योगका ८ अंग