सिरहामा कांग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार
लहान– सिरहाको गोलबजारमा नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा अज्ञात समूहले विहीबार बेलुका पेट्रोल बम प्रहार गरेको छ ।
गोलबजार नगरपालिका ७ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरिनारायण सिंह महतोको बीआरआईएएफ १६०५ नम्बरको स्कारपियो गाडीमा पेट्रोल बम प्रहार भएको हो ।
असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनको क्रममा प्रचारप्रसार गरी बेलुका कांग्रेस कार्यकर्ता प्रमोद सिंहको घरमा पार्किङ गरी राखिएको अवस्थामा गाडीमा पेट्रोल बम प्रहार भएको हो । बम प्रहारबाट मानवीय क्षति नभएपनि गाडीको गाडीको भाग जलेको छ ।
दुई जनाको समूहमा मोटरसाइकलमा आएका ब्यक्तिले पेट्रोल बम प्रहार गरी भागेको स्थानीयले बताए । बम कसले प्रहार गरेको खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए ।
घटनापछि प्रहरीले जिल्लाको सुरक्षा ब्यवस्था थप कडा पारेको छ । असोज २ गतेको निर्वाचनको सून्य समय शुरु हुनु भन्दा एक दिनअघि विस्फोटको घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण