महालक्ष्मी विकास बैंक र डाक्टर अन कल बीच सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कलसँग २०७७ साल भदौं १४गते एक सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिष सिंह सिजापती र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरे ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारीलगायत बैंकका संस्थापक/सेयरधनीहरुले डाक्टर अन कलमार्फत घरमै उपचार गराउन सक्नेछन् र यसरी उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् ।
सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३०%, फिजियोथेरापीमा अधिकतम ३०%, नर्स केयर सेवामा अधिकतम २०%, ल्याव टेष्टमा अधिकतम २०%, डाइटिसियन सेवामा अधिकतम ३०%, डेसिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५% साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।
देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण