भारतमा कोरोना सङ्क्रमित पत्रकारको मृत्यु
एजेन्सी । भारतको पुणेमा एकजना कोरोना सङ्क्रमित पत्रकारको ज्यान गएको बताइएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो । तर उनका परिवारले भने कारोनाको उपचार गराइरहेका पत्रकारको चिकित्सकले राम्रो हेरविचार नगरेका कारण ज्यान गएको बताएका छन् ।
पत्रकार पान्दुरन र्याकरको कोभिड १९ भए पनि राम्रो उपचार तथा हेरचाह हुन नसक्दा ज्यान गएको परिवारका सदस्यले जनाएका छन् । कोभिडको उपचार केन्द्रमा राखिएका उनलाई सो केन्द्रमा राम्रो स्वास्थ्य उपचार सहुलियत नरहेको र उनको अवस्था निकै गम्भीर भएपछि एम्बुलेन्स बोलाउन भनेको भए पनि उपलब्ध हुन नसकेको बताएका छन् ।
सो उपचार केन्द्रमा सामान्य हेरचाह मात्र गर्ने गरिएको र त्यसलाई एक क्वारेन्टिनका रुपमा मात्र राखिएको ती पत्रकारका परिवारका सदस्यहरुले जनाएका छन् । पत्रकार र्याकरलाई निकै अप्ठेरो भएपछि एम्बुलेन्स मगाइएको तर समयमा उपलब्ध हुन नसकेको परिवारका सदस्यले जनाएका छन् ।
उनलाई अक्सिजनको आवश्यकता परेको तर अस्पतालको बेड उपलब्ध हुन नसक्दा अक्सिजन प्राप्त पनि नभएको परिवारका सदस्यले जनाएका छन् । उनीहरुले सो केन्द्रमा स्वास्थ्य हेरचाहको अवस्था राम्रो नभएकाले यसअघि पनि केही दिनमात्र अघि एकजनाको ज्यान गएको भन्दै थप स्वास्थ्य सुविधाका लागि आग्रह गरेका हुन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण